रास्वपाको उपसभापतिमा शोविता गौतम विजयी, डा. तोसिमा कार्की पराजित

चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत उपसभापति पदको निर्वाचनमा शोविता गौतम विजयी भएकी छन्।

निर्वाचन परिणामअनुसार शोविता गौतमले ७८९ मत प्राप्त गर्दै उपसभापति पदमा निर्वाचित भइन्। उनकी प्रतिस्पर्धी डा. तोसिमा कार्की ले ५७२ मत प्राप्त गरिन्। यससँगै शोविता गौतमले २१७ मतको अन्तरले विजय हासिल गरेकी हुन्।

महाधिवेशनको यो परिणामलाई रास्वपाभित्र युवा नेतृत्वप्रतिको विश्वासको निरन्तरता तथा नयाँ नेतृत्व चयनको महत्वपूर्ण संकेतका रूपमा हेरिएको छ। उपसभापतिमा शोविता गौतमको जितसँगै पार्टीको नयाँ नेतृत्व टोली थप स्पष्ट बनेको छ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use