संघीयता खारेज गर्ने प्रस्तावप्रति उपेन्द्र यादवको चेतावनी

उपेन्द्र यादव ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को हालै सम्पन्न महाधिवेशनमा संघीयता खारेज गर्ने विषय उठाइएकोप्रति कडा आपत्ति जनाउँदै यस्तो प्रयास नगर्न चेतावनी दिएका छन्।

उनले संघीयता कुनै दलको इच्छाअनुसार हटाउन मिल्ने व्यवस्था नभई जनआन्दोलन, संविधानसभा र संविधानमार्फत स्थापित राजनीतिक उपलब्धि भएको बताए। संघीयतामा सुधार आवश्यक हुन सक्ने भए पनि यसलाई नै खारेज गर्ने प्रयास संविधान र जनभावनाविपरीत हुने उनको भनाइ छ।

उपेन्द्र यादवले संघीयता, समावेशिता र लोकतान्त्रिक व्यवस्थामाथि आक्रमण गर्ने कुनै पनि प्रयास स्वीकार्य नहुने चेतावनी दिँदै आवश्यक परे त्यसको राजनीतिक प्रतिवाद गरिने पनि संकेत गरेका छन्।

रास्वपाको महाधिवेशनमा संघीय शासन प्रणालीको प्रभावकारिता पुनरावलोकन गर्दै प्रदेश संरचना खारेज गर्ने विषयमा बहस भएको थियो। त्यसयता संघीयताको पक्ष र विपक्षमा राजनीतिक वृत्तमा बहस तीव्र बन्दै गएको छ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use