काठमाडौं । देशभर मनसुन सक्रिय भएसँगै आगामी केही दिन वर्षाको गतिविधि थप बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्। विशेषगरी पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको छ भने तराईका केही क्षेत्रमा पनि मेघगर्जन, चट्याङ र वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
मौसमविद्का अनुसार निरन्तर वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने, पहिरो र डुबानको जोखिम रहने भएकाले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन तथा यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
सर्वसाधारणलाई मौसमको अद्यावधिक जानकारी हेरेर मात्र यात्रा गर्न, जोखिमयुक्त क्षेत्रबाट टाढा रहन तथा स्थानीय प्रशासन र