चुनाब हारे मपि मन जिति रहेकि रेनु दाहाल

हारेर पनि लोकप्रियतामा जितिरहेकी रेणु दाहाल नेपाल कम्युनिस्ट पार्टी पार्टी माओवादी का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्रीको रूपमा निकै चर्चा चुलिरहेका पात्र हुन् रेणु दाहाल तर प्रचण्डपुत्रि मात्र नभयर सानै उमेरबाट राजनीतिक यात्रामा हुमियकि पात्र हुन् रेणु दाहाल बालक उमेर बाट सशस्त्र द्वन्दमा बाबुसँगै राजनीतिक यात्रा सुरु गरेकी रेणु दाहाल आज प्रचण्डको पुत्री मात्र नभएर देशकै लोकप्रिय नेतृत्वको रुपमा चिर परिचित भएकी छन्।

पछिल्लो समय आम निर्वाचनमा केही झिनो मतले स्वतन्त्र पार्टीकी नेत्री सोबिता गौतमसँग पराजय भएतापनि जित्ने पात्र भन्दा नि उनको हारको चर्चा विश्वमाझ लोकप्रिय रुपमा अघि बढिरहेको छ। भरतपुर महानगरको मेयर भएदेखि उनको जनतामाझ लोकप्रियता उनको काम गर्ने शैली र स्थानीय जनताहरूले उनको व्यवहारलाई महत्वको दृष्टिकोणको रुपमा अगाडि बढाइरहेका थिए। तर निर्वाचनमा झिनो मतले उनी पराजय भएपनि जित्ने पात्र भन्दा पनि चर्चामा छिन् राजनीतिक बृत मा ठूलो बहस सिर्जना भएको छ। रेनु दाहाललाई माओवादी र नेपाल कम्युनिष्ट पार्टीको आगामी नेतृत्वको रूपमा पनि चर्चा हुन थालेको छ। रेणु दाहाल भरतपुर महानगरको मेयर मात्र नभएर नेपाली राजनीतिमा महिलाहरूको एक रोल मोडलको रुपमा पनि राजनीतिक भेटमा चर्चा चुलिएको छ।

उनको जीवनी सशस्त्र द्वन्ददेखि भरतपुरको मेयरसम्म जनताले विश्लेषण र व्याख्या गर्दा नेपाली राजनीतिमा उनको स्वभाव चित्र र चरित्रले उनी नेता हुन सक्ने गुण भएको र निकट भविष्यमै नेपाल कम्युनिस्ट पार्टी माओवादीको एउटा नेताको रुपमा उदाउन सक्ने विश्लेषण गरिएको छ पछिल्लो समय महिलाहरूले राजनीतिमा ठूलो छलाङ मार्दै गर्दा नेपाल कम्युनिस्ट पार्टीमा पनि रेणु दाहालको ठूलो चर्चा चुलिएको छ। सरल राजनीतिक चरित्र र जनतामाझ घुलमिल हुन सक्ने उनको सरल राजनीतिक यात्राले उनलाई अझ ठूलो सहज बनाएको देखिन्छ भरतपुरको मेयर हुँदाखेरि उनले गरेका विकास निर्माणका कामले देशदेखि विदेशसम्म उनको चर्चा चुलिएको थियो।

भरतपुरलाई देशकै नमुना सहरको रूपमा उनले विकास गर्दै लगेकी थिइन्। उनको विकास गर्ने शैली विकासका योजना र जनतामाझको लोकप्रियताले उनको राजनीतिक यात्रालाई झनै सहज बनाएको देखिन्छ चुनावमा पराजयपछि पनि उनी चितवनका जनताका दुःख अनि सुखमा सहज रुपमा परिचालित भएकी छिन्। चितवनका किसान मजदुर महिला हरेक हरेक क्षेत्रका मानिसहरूसँग उनी आजपनि सहयात्रा जारी राखिरहेकाे छिन

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use