धनगढीमा रहेको गेटा मेडिकल कलेज अब शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय तथा अस्पतालका रूपमा सञ्चालन हुने

समाचार :

नेपाल सरकारले कैलालीको धनगढीस्थित गेटा मेडिकल कलेजलाई ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय तथा अस्पताल’ का रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को निर्णयसँगै लामो समयदेखि उपयोगको प्रतीक्षामा रहेको गेटा मेडिकल कलेजलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने बाटो खुलेकाे छ सरकारको निर्णयअनुसार विश्वविद्यालय स्थापनासँगै यहाँबाट गुणस्तरीय चिकित्सा शिक्षा, विशेषज्ञ स्वास्थ्य सेवा, अनुसन्धान तथा स्वास्थ्य जनशक्ति उत्पादनलाई प्राथमिकता दिइनेछ। यसले सुदूरपश्चिम प्रदेशका नागरिकलाई उपचारका लागि काठमाडौं वा भारत धाउनुपर्ने बाध्यता कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
गेटा मेडिकल कलेजको पूर्वाधार निर्माणमा राज्यले अर्बौं रुपैयाँ लगानी गरिसकेको भए पनि कानुनी तथा प्रशासनिक प्रक्रियाका कारण लामो समयसम्म पूर्ण रूपमा सञ्चालन हुन सकेको थिएन। अब विश्वविद्यालयको स्वरूपमा अघि बढाउने निर्णयले उक्त लगानीको प्रभावकारी उपयोग हुने विश्वास गरिएको छ।
स्वास्थ्य क्षेत्रका जानकारहरूले यो निर्णयलाई सुदूरपश्चिमका लागि ऐतिहासिक उपलब्धि भन्दै आवश्यक ऐन, नियमावली, जनशक्ति व्यवस्थापन, उपकरण जडान तथा नियमित बजेट सुनिश्चित गर्न सरकारसँग आग्रह गरेका छन्।
यदि सरकारको निर्णय प्रभावकारी रूपमा कार्यान्वयन भयो भने शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय तथा अस्पतालले सुदूरपश्चिममा चिकित्सा शिक्षा, अनुसन्धान र स्वास्थ्य सेवाको नयाँ केन्द्रका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use