पूर्व राष्ट्रपति विद्या भण्डारीको राजनीतिमा पुन आगमनसँगै नेकपा एमालेमा भित्र नयाँ बहस सुरु भएको छ। एमालेभित्रको नेतृत्व हस्तान्तरण उत्तरधिकारी चयन र भावी राजनीतिक दिशाबारे तीव्र चर्चा हुन थालेको छ। के विद्या भण्डारी एमाले तलबाट एमालेको भावी नेतृत्वका लागि तयार पारिएको विकल्प हुन् वा पार्टीभित्रको शक्ति सन्तुलन कायम राख्ने रणनीतिक कदम मात्रै हो। अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई सक्रिय राजनीतिमा फर्काउन भूमिका खेलेको खेलेपछि एमालेभित्र नयाँ शक्ति समीकरण बनेको विश्लेषण भइरहेको छ।
एमालेभित्र केही समयदेखि नेतृत्व पुनर्गठन र नयाँ पुस्तालाई अवसर दिनुपर्ने आवाज उठिरहेको थियो। यस्तो अवस्थामा विद्या भण्डारीलाई पुनर्गमनले महासचिव शंकर पोखरेल उपाध्यक्ष विष्णु पौडेल लगायत नेताहरूको भावी भूमिकामाथि समेत नयाँ बहस सिर्जना गरेको छ एमालेभित्र केही समयदेखि नेतृत्व पुनर्गठन र नयाँ पुस्तालाई अवसर दिनुपर्ने आवाज उठिरहेको थियो।
यस्तो अवस्थामा विद्या भण्डारीको पुनरागमनले महासचिव शंकर पोखरेल विष्णु पौडेल लगायत नेताहरूको भावी भूमिकामाथि कतिपय नेताहरूले भण्डारीको आगमनलाई एमाले पुनर्गठन र वाम राजनीतिलाई नयाँ ऊर्जा दिने अवसरको रुपमा हेर्ने गरेका छन् भने आलोचकहरुले पूर्व राष्ट्रपति पुन दलीय राजनीतिमा फर्किनु लोकतान्त्रिक अभ्यास र संवैधानिक गरिमासँग मेल नखाने तर्क गरिरहेका छन् विद्या भण्डारीको राजनीतिक पुनर्गमनले एमालेभित्र मात्र होइन समग्र नेपाली बाम राजनीतिमा नयाँ तरङ्ग ल्याएको छ।
अब आगामी महाधिवेशन नेतृत्व चयन प्रक्रिया र पार्टीले लिने राजनीतिक दिशाले यो बहसलाई अझ गहिरो बनाउने देखिएको छ।