काङ्ग्रेस मा डा शेखरकाे भुमिका प्रर्ति कार्यकर्ता असन्तुष्ट

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको भूमिकाप्रति नेपाली कांग्रेसका आम कार्यकर्ता असन्तुष्ट बनेका छन्। पछिल्लो समय युवाहरूले आह्वान गरेको विशेष महाधिवेशनमा पनि शेखर कोb?bइराला नखोल्नुले आम कार्यकर्ताले उनको भूमिकामाथि प्रश्न गरेका थिए। तर आज फेरि शेखर कोइराला राजनीतिक वृत्तमा आलाेचित पात्र बनेका छन्।

नेपाली नेपाली कांग्रेसको डिजिटल सदस्यताअध्यावती गर्दाखेरि पनि डा शेखर कोइराला अध्यावतीको पक्षमा खुल्न नसक्दा झन् उनको आलोचना बढिरहेको छ। आम युवा कार्यकर्ताले उनलाई अभिभावकी भूमिका निर्वाह गरेर अघि बढ्न सचेत गराएका छन्।

कोइराला पछिल्लो समय शेरबहादुर देउबाको विरुद्धमा विभिन्न गतिविधि चलाउँदै नेतृत्व परिवर्तनको हुंकार लिएर देशव्यापी रूपमा अघि बढिरहेका थिए। तर असामान्य घटनाले जेन्जी आन्दोलनपछि शेरबहादुर देउबाको राजनीतिक बहिर्गमनपछि युवाहरूले आह्वान गरेको विशेष महाधिवेशनमा पनि डाक्टर शेखर कोइरालाको भूमिका अभिभावकी भूमिका निर्वाह गर्न सकेनन् त्यसपछि डक्टर शेखर कोइरालाको राजनीतिक यात्रामा पनि केही पूर्ण विराम लागेको नेताहरू बताउँदछन् युवाहरूले युवा नेतृत्व र राजनीतिक परिवर्तनको मुद्दा जोडतोडले अघि बढाइरहँदा डक्टर शेखर कोइराला युवाहरूको अभिभावकीय भूमिका निर्वाह गरेर कांग्रेसको यात्रालाई सहज बनाउनतिर लागेनन् उनी संस्थापक इत्तर पक्षको भेला तथा गुटमा नेतृत्व गरिरहँदा झन् उनको लोकप्रियतामाथि ठूलो प्रश्न चिन्ह उब्जाइरहेका छन्। गगन थापा र विश्वप्रकाश शर्माले अभिभावकी भूमिका निर्वाह गरी अगाडि बढ्न कोइरालालाई आग्रह गरेपनि कोइराला भने इत्तर समूहलाई अगाडि बढाउने पक्षमा अगाडि बढिरहँदा उनको राजनीतिक यात्रामा ठूलो दखल पर्ने विश्लेषणहरु बताउँदछन्।

युवाहरूले गगन विश्व र युवा टोलीलाई अगाडि बढाउनुपर्ने माग उठिरहेका बेला कोइराला भने इत्तर पक्षको गुड भेलामा रमाइरहेका छन्। काङ्ग्रेसलाई डिजिटल रूपमा अगाडि बढाउने भन्दै अध्यावधिक डिजिटल रूपमा गर्न युवाहरू अघि बढिरहँदा शेखर कोइराला भने अध्यावधिक नगरिकन बसिरहेका छन् त्यसपछि त झन् शेखर कोइरालाको राजनीति ओरालो यात्रा भनेर विभिन्न राजनीतिक विश्लेषकले राजनीतिक बीचमा चर्चा गर्न थालेका छन्। करिब ७ लाख क्रियाशील सदस्यताहरूले सदस्यता डिजिटल रुपमा अध्यावधि गराइसकेपछि झन् उनलाई चुनौतीपूर्ण राजनीतिक यात्रा तय गर्नुपर्ने देखिन्छ कोइरालाको योI भूमिकाप्रति आम नेपाली कांग्रेसका कार्यकर्ता असन्तुष्ट जनाइरहेका छन् नेता कार्यकर्ताहरूले अभिभावकीय भूमिका निर्वाह गरी गगन र विश्वको युवा पुस्तालाई अगाडि बढाउन शेखर कोइरालालाई आग्रह गरिरहेका छन्। देशभरिका आम कार्यकर्ताहरूले युवा पुस्ता रुचाइरहँदा शेखर कोइरालाको यो भूमिकाले उनको पछिल्लो राजनीतिक यात्रालाई पनि कठिन हुने विश्लेषकहरु बताउँछन्।

अझै पनि सदस्यता अध्यावधिक नगरी र युवा पुस्ताले डिजिटल अध्यावधिक मार्फत अधिवेशनमा गए झन् उनको राजनीतिक यात्रा अन्योलपूर्ण रहने देखिन्छ उनले पछिल्लो समय देशमा विकास भइरहेको जेन्जी घटना र युवा पुस्ताको चाहना देशको परिस्थितिलाई बुझ्न नसक्दा परिपक्क जस्ता देखिने डक्टर शेखर कोइराला पछिल्लो समय कुहिरोमा रुमालेको कागजस्तै भएका छन्।

समयमै उनले अगाडि बढाएर अभिभावकी भूमिका निर्वाह नगर्ने हो भने उनको राजनीतिक यात्रा लगभग अन्त्य जस्तै निश्चित देखिएको छ। किनकि देशभरिबाट करिब ७ लाखभन्दा बढी कार्यकर्ताहरूले सदस्यता डिजिटल रुपमा अध्यावधिक गरिसकेका छन् त्यसैले उनलाई यो यात्रालाई चिर्न झन् कठिन हुने देखिन्छ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use